दीपक मनाङे गण्डकी प्रदेशको खेलकुदमन्त्रीमा नियुक्त

दीपक मनाङे गण्डकी प्रदेशको खेलकुदमन्त्रीमा नियुक्त

पोखरा,  १६ वैशाख । 
गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा दीपक मनाङे नियुक्त भएका छन्।

प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा  मनाङेलाई पद तथा गोपनीयताको शपथ खुवाए ।

गण्डकी प्रदेशमा मुख्यमन्त्रीविरुद्ध संसदमा अविश्वास प्रस्तावमाथिको छलफल सकिएको छ । मतदानमा जानुअघि प्रदेश सांसद हराएको भन्दै जनमोर्चाले निवेदन दिएपछि सभामुखले अनिश्चितकालका लागि प्रदेश सभा स्थगित गरेका थिए।

मनाङे एमालेको समर्थनमा स्वतन्त्र निर्वाचित सांसद हुन्।