रक्सौल–काठमाडौँ रेलमार्ग निर्माण समझदारीमा हस्ताक्षर गर्न महानिर्देशकलाई अख्तियारी

रक्सौल–काठमाडौँ रेलमार्ग निर्माण समझदारीमा हस्ताक्षर गर्न महानिर्देशकलाई अख्तियारी
प्रतिकात्मक तस्वीर

काठमाडौं, ८ चैत । 
सरकारले रक्सौलदेखि काठमाडौँसम्म ‘ब्रोड गेज’ रेलमार्गको निर्माण कार्य आगाडि बढाउन नेपाल सरकार र भारत सरकारबीच हुने समझदारीपत्रलाई स्वीकृत गरी त्यसमा हस्ताक्षर गर्न रेल विभागका महानिर्देशकलाई अख्तियारी दिने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्का विभिन्न मितिमा बसेका बैठकहरुको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बैठकले नेपाल सरकार र भारत सरकारबीच हुने समझदारीपत्रलाई स्वीकृत गरी त्यसमा हस्ताक्षर गर्न रेल विभागका महानिर्देशकलाई अख्तियारी दिने निर्णय गरेको जानकारी दिए ।