ललितपुरका मेयरलाई ज्यान मार्ने धम्की दिने पक्राउ

ललितपुरका मेयरलाई ज्यान मार्ने धम्की दिने पक्राउ

काठमाडौं, २२ भाद्र ।
रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा ललितपुर महानगरपालिकाका मेयरलाई ज्यान मार्ने धम्की दिएका एकजना मानिसलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले ललितपुर महानगरपालिका  १३ कुसुन्तीका ४५ वर्षीय सञ्‍जय शाक्यलाई भीडलाई उत्तेजित पारी एक टेलिभिजनमा अन्तर्वार्तामा मेयरलाई ज्यान मार्ने धम्की दिएको आरोपमा आइतबार पक्राउ गरेको हो ।

गत बिहीबार ललितपुरको पुल्चोकमा भएको घटनामा ढुंगामुढा गर्ने, भीडलाई उत्तेजित गराउदै मेयरलाई ज्यान मार्ने धम्की दिएको आरोपमा महाशाखाबाट खटिएको प्रहरी टोलीले शाक्यलाई उनकै घरबाट पक्राउ गरेको जानकारी दिएको छ ।

उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको प्रहरी महाशाखाले जनाएको छ ।