बेलायती रक्षा राज्यमन्त्री र राष्ट्रपतिबिच शिष्टचार भेटवार्ता

बेलायती रक्षा राज्यमन्त्री र राष्ट्रपतिबिच शिष्टचार भेटवार्ता

फागुन १०, काठमाडौं ।  नेपाल भ्रमणमा रहेका बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यांकास्टरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग  शिष्टचार भेटवार्ता गरेका छन् ।

शुक्रबार राष्ट्रपति भवन शितल निवासमा भएको भेटमा दुई देशबीच रही आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भेटका अवसरमा नेपाल र वेलायत सरकारको उच्च पदस्थ अधिकारीहरु सहभागी थिए ।