९८ वर्षीय भारतीय अभिनेता दिलिप अस्पतालबाट डिस्चार्ज हुँदा श्रीमतीले साटिन खुसी

९८ वर्षीय भारतीय अभिनेता दिलिप अस्पतालबाट डिस्चार्ज हुँदा श्रीमतीले साटिन खुसी

ऐजेन्सी, २८ जेठ ।
बलिउडका दिग्गज अभिनेता दिलिप कुमार आज अस्पतालबाट डिस्चार्ज भएका छन् । 

५ दिन अघि स्वास प्रस्वासमा समस्या देखिएपछि मुंबई स्थित हिन्दुजा अस्पताल भर्ना भएका थिए । उनी डिस्चार्ड भएर स्ट्रेचरमा बाहिर ल्याउँदा खुसीले उनकी श्रीमती सायरा बानोले दिलिपको निधारमा चुमिन् भने कहिले हात हल्लाएर बाहिर उपस्थित मिडियाकर्मीलाई अभिवादन गरिन् । उनले श्रीमान निको भएर बाहिर आउँदा उनले निधारमा निकै बेर चुमेको तस्वीर अहिले भारतमा चर्चाको विषय बनेको छ ।

उनको अनुसन्धानमा फोक्सोमा पानी भरिएको पत्ता लागेको अस्पतालले जनाएको छ। उनको फोक्सोमा जमेको ३५० मिलीलिटर पानी चिकित्सकले निकालिदिएपछि उनी ठिक भएका छन् ।  हिन्दुजा अस्पतालका डा। जलिल पारकरले भनेका छन्, ‘फोक्सोमा पानी भरिनु उमेर सम्बन्धित समस्या हो ।’

दिलिप कुमारको तर्फबाट फैजल फारुखीले डिस्चार्ज भएको जानकारी दिदै लेखेका छन्, ‘तपाईंहरुको प्रेम, स्नेह र प्रार्थना लिएर दिलिप साहब अस्पतालबाट घर जाँदै हुनुहुन्छ ।’