कपिल शर्माको बायोपिक बन्ने

कपिल शर्माको बायोपिक बन्ने

२ माघ, काठमाडौं । 
भारतीय लोकप्रिय कमेडि कार्यक्रम द कपिल शर्मा शो का होस्ट तथा कमेडियन कपिल शर्माको बायोपिक बन्ने भएको छ ।

भारतीय टेलिभिजनका हस्ती तथा अभिनेता कपिल शर्माको बायोपिको नाम 'फनकार' राखिने भएको छ ।

भारतीय टेलिभजिन कार्यक्रम 'कमेडि नाइट विथ कपिल', 'कपिल शर्मा शो' जस्ता थुप्रै कार्यक्रममार्फत् चर्चामा आएका शर्माले केही फिल्ममा पनि अभिनय गरेका छन्।

फिल्मको निर्देशन 'फुर्रेके' निर्देशक मृगदीप सिंह लाम्बाले  गर्नेछन् भने निर्माण महावीर जैनको हुनेछ । फिल्मको कलाकारको टुंगो लागिसकेको छैन ।

कपिलले सन् २०१५ मा रिलिज रोमान्टिक कमेडी फिल्म 'किस किसको प्यार करुँ' बाट अभिनेताका रुपमा डेब्यू गरेका थिए।

फिम्लमा महावीर जैनको लगानी हुनेछ र फिल्म लिका प्रोडक्सनको ब्यानरमा बन्ने भएको छ ।