बलिउड अभिनेत्री ज्याकलिन मुम्बई एयरपोर्टबाट पक्राउ

बलिउड अभिनेत्री ज्याकलिन मुम्बई एयरपोर्टबाट पक्राउ

ऐजेन्सी, २० मंसिर । 
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज मुम्बई एयरपोर्टबाट पक्राउ परेकी छन्। 

अभिनेत्री फर्नान्डेजलाई मनी लान्ड्रिङ मुद्दामा आइतबार विमानस्थलबाटै प्रहरीले पक्राउ गरेको हो ।  उनी एक शोका लागि दुबई जान लागेका बेला एयरपोर्टबाटै पक्राउ परेकी हुन् ।

भारतको प्रवर्तन निर्देशनालयले उनीविरूद्ध ‘लुक आउट नोटिस’ जारी गरेपछि उनी पक्राउ परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  

अनुसन्धानको क्रममा  केन्द्रीय एजेन्सीले सुकेश र अभिनेत्री ज्याकलिन फर्नान्डेजबीच आर्थिक लेनदेनको प्रमाण फेला पारेको थियो। 

प्रहरीले उनलाई अनुसन्धान चलिरहेकाले विदेश जान रोकिएको बताएको छ।