मिस इण्डिया-२०२२ को ताज सिनी सेट्टीलाई

मिस इण्डिया-२०२२ को ताज सिनी सेट्टीलाई

२१ असार, काठमाडौं । 
कर्नाटककी सिनी सेट्टीले मिस इण्डिया-२०२२ को उपाधि जितेकी छिन् । 

उनीसँगै राजस्थानकी रुबल शेखावत फस्ट रनरअर र उत्तर प्रदेशकी सिनाता चौहान सेकेन्ड रनरअपको ताज जिते।

प्रतियोगीताको अन्तिम चरणमा ३१ जना प्रतिस्पर्धी भिडेका थिए । सबै जनालाई मुम्बईमा एक महिनासम्म यसबारे तालिम दिइएको थियो । पूर्व मिस इण्डिया युनिभर्स नेहा धुपियाले मिस इण्डियाले आफूमा पुराना विगतलाई ताजा गराउने बताइन् ।

मुम्बईमा जन्मेका २१ वर्षीय शेट्टीले लेखा र वित्तमा स्नातक गरेकी छन् । उनी एक प्रशिक्षित भरतनाट्यम नर्तक पनि हुन्।