पल शाहलाई थप १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

पल शाहलाई थप १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

२२ फागुन, काठमाडौं ।  
नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाह (पूर्ण विक्रम शाह) लाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ। 

यसअघि सात दिन थुनामा राखेर अनुसन्धान गरेको प्रहरीले उक्त अवधि सकिएपछि थप अनुसन्धानका लागि भन्दै अदालतसमक्ष समय माग गरेको थियो। 

नाबालिग गायिकाको परिवारले जाहेरी दिएपछि अभिनेता शाहलाई प्रहरीले खोजि गरेको थियो। गत फागुन १५ मा शाह तनहुँ प्रहरीमा उपस्थित हुन पुगेका थिए।

नाबालिग गायिकाले उनीमाथी जबरजस्ती करणी गरेको आरोप लागएकी छिन् । उनको यो आरोपबारे प्रहरीले शुक्ष्म रुपमा अध्ययन गरिरहेको छ ।