भारतीय पाइलटलाई शान्ति संकेत स्वरुप रिहा गर्ने पाकिस्तानको घोषणा

भारतीय पाइलटलाई शान्ति संकेत स्वरुप रिहा गर्ने पाकिस्तानको घोषणा
तस्विर सौजन्य : InsideNE

फागुन १६, काठमाडौं । पाकिस्तानी वायूसेनाले नियन्त्रणमा रहेका  भारतीय वायूसेनाका पाइलट अभिनन्दन वर्तमानलाई पाकिस्तानले शान्ति संकेत स्वरुप रिहा गर्ने भएको छ।

बुधबार पाकिस्तानी प्रधानमन्त्री इमारान खानले संसदमा संवोधन गर्दै पाइलटलाई छाडिदिने घोषण गरेका हुन् । संसदमा बोल्ने क्रममा प्रधानमन्त्री खानले भने, ‘पिस गेस्चर (शान्ति संकेत)’ का रुपमा पाइलटलाई शुक्रबार रिहा गरिदिनेछौ । 

पुलवामा आक्रमणमा भारतले पाकिस्तानमाथि निराधार रुपमा आरोप लगाउदै आएतापनि पाकिस्तानले बिना प्रमाण दोष लगाउनु गलत भनिरहेको छ । पुलवा हमालापछि पाकिस्तानको सिमावर्ती क्षेत्र भित्र पसेर आक्रमण गर्न खोज्दा पाकिस्तानी सेनाले भारतका दुई विमान खसालेको थियो जसमा एक पाइलट अभिनन्दनलाई पाकिस्तानले नियन्त्रणमा लिएको थियो । त्यसपछि भने कुनै देशले आक्रमण गरेका छैनन् । 

भारतले आफ्नो पाइलट अभिनन्दन वर्तमानलाई छुटाउन कुटनीतिक प्रयास गरेको थियो ।