इन्फ्रास्टक्चर बैंकको आईपीओ बाँडफाँड आज, ५० कित्ता पक्का

इन्फ्रास्टक्चर बैंकको आईपीओ बाँडफाँड आज, ५० कित्ता पक्का

काठमाडौं, १६ माघ ।
नेपाल इन्फ्रास्टक्चर बैंकको सर्वसाधरणका लागि जारी गरेको हालसम्मकै ठूलो आईपीओे आज बाँडफाड हुने भएको छ । 

आईपीओ बाँडफाँड कार्यक्रम बिहान १० बजे हुने बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको केन्द्रिय कार्यालय लाजिम्पाटमा हुने र क्यापिटलको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण हुने क्यापिटलले जनाएको छ ।

बैंकको आईपीओमा कुल आवेदन मध्य १४ लाख ७५ हजार ८ वटा आवेदन सदर भएका छन् भने ६ हजार २७६ आवेदन बदर भएका छन । कुल सदर आवेदकहरु मध्ये ११ लाख ९४ हजार ४ आवेदकले ५० कित्ताभन्दा माथि आवेदन दिएका छन्। बाँकी २ लाख ८१ हजार ४ आवेदकले १० देखि ५० कित्तासम्म आईपीओ भरेको क्यापिटलले जनाएको छ ।

५० कित्ताभन्दा बढी आवेदन दिने सबै आवेदकले ५० कित्ता सेयर पाउनेछन् भने बाँकि सेयर तिनै ११ लाख ९४ हजार ४ जना आवेदक मध्यबाट भाग्यमानी ४ लाख ९२ हजार ७२ जनाले लक्की ड्रमार्फत थप १० कित्ता सेयर प्राप्त गर्ने छन् ।

बैंकले आठ अर्ब रुपैयाँबराबरको आठ करोड कित्ता सेयर बिक्री खुला गरेको थियो । जसमध्ये ०।२ प्रतिशत अर्थात् एक लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फन्डका लागि छुट्ट्याइएको छ । बाँकी सात करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।

बैंकले यही माघ २ गते शुक्रबारदेखि माघ ६ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर ९आइपिओ० निष्कासन गरेको आईपीओमा १५ लाख ५० हजार ३२५ वटा आवेदनबाट १८ अर्ब रुपैयाँभन्दा माथिको आवेदन परेको छ ।