टोटेनहममाथि लिभरपुलको रोमाञ्चक जित

टोटेनहममाथि लिभरपुलको रोमाञ्चक जित

ऐजेन्सी, १६ माघ ।
इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएको खेलमा लिभरपुलले टोटेनहमलाई ३-१ गोलले पराजित गरेको छ ।

टोटेनहमको घरेलु मैदानमा भएको खेलमा लिभरपुलमा लागि रोबर्टो फिर्मिन्हो, ट्रेन्ट एलेक्स्जेन्डर आर्नोल्ड र साडियो मानेले एक एक गोल गरे ।

टोटेनहमका पिएरे इमिलले एक गोल फर्काए फर्काएपनि जितका लागि प्रयाप्त नहुदा हार सहनुपर्याे ।

खेलको तेस्रो मिनेटमा नै टोटेनहमका सन ह्युङ मिनको बलले जाली चुमेपनि भीएआर प्रविधिबाट रेफ्रीले अफसाइट देखाउदा टोटेनहम अग्रता बनाउन चुकेको थियो ।

पहिलो हाफको इन्जुरी समयमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाए भने खेलको ४७ औं मिनेटमा आर्नोल्डले गोल गर्दा लिभरपुल २-० ले अग्रता बनायो ।

त्यस्तै खेलको ४९ औं मिनेटमा इमिलले गोल गर्दै टोटेनहमलाई २-१ को स्थितिमा ल्याए ।

खेलको ६५ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई ३-१ को जित दिलाए ।

जितसंगै लिभरपुलले २० खेलमा ३७ अंक जोड्दै तालिकाको चौंथो स्थानमा उक्लिएको छ ।

टोटेनहम भने ३३ अंक सहित छैटौं स्थानमा छ ।