सौराहामा फुड फेष्टिवल

सौराहामा फुड फेष्टिवल

चितवन, २ फागुन । 
चितवनको पर्यटकीय नगरी सौराहामा १५ औं संस्करणको सौराहा फुड फेष्टिवल सुरु भएको छ । 

कोराना भाईरस विरुद्ध उच्च स्वास्थ्य सर्तकता अपनाउँदै रेस्टुरेण्ट एण्ड बार एसोसियसन नेपाल ९रेवान० सौराहाको आयोजनामा हिजोदेखि सुरु भएको हो ।

सौराहामा पहिलोपटक हात्ती चोकदेखि गैडाचोकसम्मको क्षेत्रलाई सिंगारिएको छ भने पहिलो पटक हात्तीचोकमा सौराहाको पहिचान दिने सेल्फी पाईन्ट समेत राखिएको रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले जानकारी दिए।

तीनदिनसम्म सञ्चालन हुने फेष्टिवलमा यसपटक स्थानीय खानाका परिकारसगैँ मौलिक जनजातिका संस्कृतिक झाँकी विशेष रहने खतिवडाको भनाई छ ।

यस अघिका फुड फेष्टिफल सिसुवारमा रहेको खाली चौरमा हुने गरेकोमा अहिलेको फुड फेष्टिवल भने सौराहाको मुल सडकमा नै गर्न लागिएको हो । 

फुड फेष्टिबलको अवसरमा सौराहामा पर्यटकहरुको सहजताका लागि २० देखि ३० प्रतिशतसम्म विशेष छुट समेत घोषण गरिएको छ।