साताको पहिलो दिन नेप्से ओरालो गतिमा

साताको पहिलो दिन नेप्से ओरालो गतिमा

काठमाडौं, २ फागुन । 
साताको कारोबारको पहिलो आज नेपाल स्टक एक्सचेन्ज ९नेप्से० ओरालो लागेको छ । 

साताको कारोबारको पहिलो दिन नेप्से ३३.३३ अंकले घटेर २४९३.५९ अंकमा झरेर रोकिएको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि ९.३१ अंकले घटेर ४५४.१२ अंकमा झरेको छ ।

नेप्सेमा आज कारोबार भएका कूल १२ उपसमूहमध्ये १ वटा मात्र उपसमूहहरुको सेयर बढेको छ । आज म्युचुअल फण्डको मात्र सेयर बढेको हो । बाँकि ११ वटा उपसमूहको सेयर ओरालो लागेको छ ।

त्यसैगरी, आज कारोबार रकमको आधारमा नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ५२ करोड ३३ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

आज कारोबारमा आएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आजै देखि कारोबार भएको यस बैंकको शेयरमूल्य आज ३४ रुपैयाँ बढेर ३७४ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

नेप्सेमा कुल २ सय २ वटा कम्पनीको १ करोड ४८ लाख ५१ हजार ५९२ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ९२ करोड ७६ लाख ६८ हजार ९३१ रुपैयाँ बराबरको कारोबार भएको हो।