काठमाडौंमा एसिया प्रहरी सम्मेलन शुरु

काठमाडौंमा एसिया प्रहरी सम्मेलन शुरु
तस्विर सौजन्य : nepal police

असोज ८, काठमाडौं । 

नेपाल प्रहरी र रेडक्रसको अन्तर्रा्ष्ट्रिय समिति (आईसीआरसी) को संयुक्त आयोजनामा काठमाडौंमा एसिया प्रहरी सम्मेलन शुरु भएको छ । नेपालसहित १५ एसियाली देशहरुका २५ जना वरिष्ठ प्रहरी अधिकारीहरु सम्मेलित उक्त सम्मेलनको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मंगलबार उद्घाटन गरे ।

३ दिनसम्म चल्ने उक्त सम्मेलनमा दण्डहिनता तथा सुरक्षा चुनौती, आतंकवादविरुद्ध लड्न सुरक्षा संगठनहरुबीच समन्वयका विषयमा छलफल हुने जनाइएको छ । उद्घाटन कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक खनालले सम्मेलनमार्फत समकालीन सुरक्षा चुनौतीको पहिचानका विषयमा मद्दत मिल्ने बताए ।