टिकटकमा भाइरल ताञ्जानियाका दाजुबहिनीलाई बलिउडमा अफर

टिकटकमा भाइरल ताञ्जानियाका दाजुबहिनीलाई बलिउडमा अफर

१६ मंसिर, काठमाडौं । 
सामाजिक सञ्जाल टिकटकमा भाइरल भएका ताञ्जानियाका टिकटकस्टार किली पललाई बलिउडबाट अफर आएको छ। 

विभिन्न देशका गीतहरुमा टिकटक बनाउने किली पल लाई संगीतकार तनिष्क बागचीले सन्देश पठाउदै सँगै काम गर्नका लागि प्रस्ताव गरेका हुन् ।

किलीले सन्देशको स्क्रिन सट आफ्नो इन्स्टाग्राम स्टोरीमा शेयर गरेका छन् । ‘शेरशाह’ स्टार सिद्धार्थ र कियाराले पनि उनीहरुको भिडियोलाई शेयर गरेका छन् ।

किली र उनकी बहिनीको भिडियोलाई टिकटकदेखि अन्य सामाजिक सञ्जालमा निकै रुचाइएको छ । किली र उनकी बहिनीले शिव परियारको नेपाली गीतमा समेत टिकटक बनाएका छन् ।  

तनिष्कको संगीत निर्देशनमा बनाइएको ‘शेरशाह’को गीत ‘राता लम्बिया’ मा किली र उनकी बहिनीले लिपसिंक गरेका थिए । तनिष्कले किलीलाई सन्देश पठाउदै ‘के तपाईंहरुकै भिडियो हो रु’ भनेर सोधेका थिए । किलीले आफूहरुको भिडियो भए पनि कसैले क्रेडिट नदिएको बताएपछि तनिष्कले सहकार्यको प्रस्ताव गरेका हुन् ।

किलीले आफ्नो सामाजिक सञ्जाल र टिकटकमा करिब २ सय ८५ भिडियो पोस्ट गरेका छन् । उनीहरुको भिडियो भाइरल भएपछि चर्चा चुलिएको छ । 

टिकटकमा उनीहरुको अहिले एक लाख बढी फलोअर छन् ।