विरोधका बीच लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुन: पोखरेल नियुक्त

विरोधका बीच लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुन: पोखरेल नियुक्त

काठमाडौं, १८ वैशाख । 
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुन: शंकर पोखरेल नियुक्त भएका छन् ।

आइतबार आफूविरूद्ध अविश्वासको प्रस्तावमा संसदभित्र छलफल हुनु केही घन्टाअघि एकाएक मुख्यमन्त्री पदबाट राजीनामा दिएका पोखरेल अन्तत चोरबाटोबाट मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई नियुक्त गरेका हुन् ।

विपक्षी सांसदहरुको धर्नाका कारण प्रदेश प्रमुखको कार्यालयमा जान समस्या भएपछि मुख्यमन्त्री पोखरेलले बाक्लो सुरक्षा घेरमा प्रदेश प्रमुखलाई आफ्नो कार्यालयमा बोलाएर सपथ लिएका हुन्।