नेप्से अहिलेसम्मकै उच्च विन्दुमा

नेप्से अहिलेसम्मकै उच्च विन्दुमा

काठमाडौं, २२ चैत । 
साताको पहिलो दिन आज सेयर बजार परिसूचक नेप्से अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । आज नेप्से २५.७१ अंकले बढेर २६५७.६१ पुगेको छ ।

नेप्सेको आज पुगेको विन्दु हालसम्मकै उच्च बन्द विन्दु हो। यस अघि नेप्सेले गत फागुन ९ गते २६४०.३५ पुगेको थियो। 

नेप्सेको वृद्धिसँगै कारोबार रकमले पनि बढेको छ । आज २१२ कम्पनीको  १ करोड ८१ लाख ७३ हजार ३ सय ७८ कित्ताबाट ९ अर्ब ६८ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।