कृषकलाई रसायनिक मल खरिदमा ५० प्रतिशत अनुदान

कृषकलाई रसायनिक मल खरिदमा ५० प्रतिशत अनुदान

जेठ १५, काठमाडौं ।

सरकारले कृषकलाइ रसायनिक मल खरिदमा दिइँदै आएको अनुदान ५० प्रतिशतले बढाएको छ। 

अर्थमन्त्री युवराज खतिवडाले बुधबार आर्थिक वर्ष २०७६/०७७ को बजेट भाषण गर्दै आगामी आर्थिक वर्षको बजेटबाट रासायानिक मल मल खरिदमा दिइँदै आएको अनुदानमा ५० प्रतिशतले वृद्धि गरिने घोषणा गरेका छन्।

 यसअघि ६ अर्ब रुपैयाँ अनुदान मल खरिदका लागि दिइँदै आएकोमा यस बर्षदेखी  ९ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराइने घाेषणा गरेका छन्।

यसैगरी उखु किसानलाई अनुदान दिन ९५ करोड रुपैयाँ विनियोजन गरिएको खतिवडाले बताए। सबै प्रदेशमा नमुना औद्योगिक कृषि फार्म स्थापना गर्न प्रोत्साहन गर्ने खतिवडाले बताए।

मध्यम खालका कृषकलाई  साना किसान विकास बैंकबाट परियोजना धितोमा नै ऋण दिइकाे लागि एक अर्ब छुट्याएको बताएका छन्।