नेपाल आइन् र्‍यापर राजा कुमारी

नेपाल आइन् र्‍यापर राजा कुमारी

१७ मंसिर, काठमाडौं ।
इण्डियन-अमेरिकन र्‍यापर राजा कुमारी नेपाल आइपुगेकी छन् ।

र्‍यापर कुमारी शनिबार काठमाडौंको  ठमेलस्थित क्लब फरेनहाइटले आयोजना गर्न लागेको कन्सर्टमा सहभागी हुन् शुक्रबार दिउसो नेपाल आएकी हुन् । 

कन्सर्टमा राजा कुमारीले दर्शकलाई हिन्दी तथा अंग्रेजी गीतमा प्रस्तुति दिने कार्यक्रम रहेको छ। 

उनले आफू नेपाल आउँदा निक्कै नै खुशी भएको प्रतिक्रिया दिइन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भनिन्, ‘नमस्ते नेपाल, म राजा कुमारी । सन्चै हुनुहुन्छ ।’म भोलि नेपाली दर्शकमाझ मेरो नयाँ एल्बमको गीत सुनाउने छु ।’

उनले अमेरिकन र्‍यापर विज खलिफाजस्ता चर्चित र्‍यापरसँग स्टेज शेयर गरिसकेकी छन् । पछिल्लो समय ग्रामी अवार्डको छनोटमा  समेत परेकी थिइन्।