नयाँ वर्षपछि विवाह गर्ने तयारीमा रणवीर र आलिया

नयाँ वर्षपछि विवाह गर्ने तयारीमा रणवीर र आलिया

२८ मंसिर, काठमाडौं ।
भारतीय अभिनेत्री कट्रिना कैफको विवाह पछि फिल्मकर्मी तथा फ्यानहरु रणवीर कपूर र आलिया भट्टको विवाहको प्रतिक्षामा छन् । 

उनीहरुको विवाहका बारेमा एक वर्षयता चर्चा चले पनि दुवैले आधिकारिक रुपमा केही घोषणा गरेका छैनन् ।

धेरैले उनीहरुले मुम्बई बाहिर गएर विवाह गर्ने अनुमान लगाए पनि त्यो अनुमान गलत साबित भएको छ । भारतीय मिडिया बलिउड लाइफका अनुसार उनीहरु नयाँ वर्षको सुरुवातमै सात फेरा लगाउदैछन् । उनीहरुले मुम्बईमा नै विवाह गर्ने योजना बनाएका छन् । 

उनीहरु परिवारसँगको सल्लाह अनुसार यो निर्णय लिएको  जनाइएको छ ।