‘ब्यूटी विथ प्रपोज’को उत्कृष्ट १० मा नम्रता

‘ब्यूटी विथ प्रपोज’को उत्कृष्ट  १० मा नम्रता

२८ मंसिर, काठमाडौं ।
मिस नेपाल नम्रता श्रेष्ठ मिस वर्ल्डमा ‘ब्यूटी विथ द प्रपोज’को उत्कृष्ट दशमा परेकी छन् ।

नम्रताले ५० लाख रुपैयाँ जम्मा गरेर ब्यूटी विथ द प्रपोजका लागि एक झोलुङ्गे पुल बनाएकी थिइन्।

नम्रता उत्कृष्ट दशमा परेपछि उनलाई मिस वर्ल्डको यात्रामा अगाडि बढाउन सहयोग गर्ने अपेक्षा गरिएको छ । 

त्यस्तै, मिस चेक रिपब्लिकले अनाथ बालबालिकाको विषयमा प्रोजेक्ट निर्माण गरेकी छन् भने मिस इंग्ल्यान्डको प्रोजेक्ट महिला र बालबालिकाको हिंसा र दुर्व्यवहारबाट मुक्त भएर बाच्न पाउने विषयको रहेको छ । मिस इन्डियाले बालविवाहविरुद्धको प्रोजेक्ट तयार गरेकी छन् ।