राजनीतिक खिचातानीलाई जीतु नेपालको व्यङ्ग्य, 'यस्तो पो गाईजात्रा, कलाकारले गर्ने गाईजात्रा के गाईजात्रा!'

राजनीतिक खिचातानीलाई जीतु नेपालको व्यङ्ग्य, 'यस्तो पो गाईजात्रा, कलाकारले गर्ने गाईजात्रा के गाईजात्रा!'

काठमाडौं, २४ भदौं । 
पछिल्लो समय ‘मुन्द्रेको कमेडी क्लब’ नामक कमेडी शो मार्फत दर्शक मनोरञ्जन गराउँदै कलाकार जितु नेपालले पछिल्लो राजनीतिक खिचातानीबारे व्यङ्ग्य गरेका छन् । 

समाजमा चर्चामा रहने विषयवस्तु तथा समसामयिक राजनीतिक लगायतका विषयमा व्यंग्य गर्दै स्टाटस लेख्न पछि नपर्ने जीतुले पछिल्लो राजनीतिक खिचातानीलाई गाईजात्राको संज्ञा  दिएका छन् । 

बुधबार भने उनले बागमती प्रदेशमा भएको राजनीतिक गतिविधि माथि व्यङ्ग्य गरेका छन् । बागमती प्रदेशमा भएको सरकार विस्तार, संघीय संसदको बैठकको सुरुवात र प्रमुख प्रतिपक्षी दलको  विरोधलाई लक्षित गर्दै सामाजिक संजालबाट उनले तिखो व्यङ्ग्य प्रहार गरेका हुन् ।  उनको स्टाटस संसदको कोलाहल र सरकार विस्तार प्रति लक्षित थियो ।

‘बागमती र लुम्बिनीमा १२÷१३ मन्त्रीका सपथ । संसदमा कोलाहल, संसद चलाउन नसकेर स्थगित । सडकमा नारा जुलुस आन्दोलन । केन्द्र सरकारमा भागबन्डा नमिलेर मन्त्रीमन्डल नियुक्तिमा ढिलाई । यस्तो पो गाईजात्रा । हामी जाबो कलाकारले गर्ने गाईजात्रा के गाईजात्रा’, उनले लेखेका छन् ।