रसाइलीको ‘तिम्रो याद’ सार्वजनिक

रसाइलीको ‘तिम्रो याद’ सार्वजनिक

९ माघ, काठमाडौं । 
गायक विरेन रसाइलीको स्वर रहेको ‘तिम्रो याद’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  

गीतमा विजय अधिकारीको सङ्गीत रहेको छ । गीतको रचना दिलीप घिमिरेले गरेका हुन् भने गीतलाई देवेन्द्र नेवाले सङ्गीत संयोजन गरेका छन्। 

म्युजिक भिडियोमा जीवन भट्टराई, अञ्जना दुवाडी र अमिषा सुवेदीको अभिनय देख्न सकिन्छ। 

उत्सव दाहालले छायाङ्कन गरेको उक्त भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन । प्रकाश धितालको निर्देशनमा बनेको भिडिया ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ ।