कोभिडका कारण न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डाको बिहे रद्द

कोभिडका कारण  न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डाको बिहे रद्द

९ माघ, काठमाडौं । 
न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बढ्दो ओमिक्रोन सङ्क्रमणका कारण आफ्नो बिहे रद्द गरेको जानकारी दिएकी छिन्। 

उनले नियमित पत्रकार सम्मेलनमा आइतबार बिहे कार्यक्रम हाललाई अगाडि नबढ्ने जानकारी दिएकी हुन्।

बिहे, भोज र अन्य मनोरञ्जनात्मक कार्यक्रम जहाँ मानिसको ठूलो भीड हुने गर्छ हाललाई सबै त्यस्ता कार्यक्रम स्थगित गर्न सुझाव समेत दिएकी छिन्। 

न्युजिल्याण्डको सरकारले थप स्वास्थ्य सतर्कता अपनाउँन समेत सबैमा आग्रह गरेको छ।