हुम्लामा ९ जनाको मृत्यु भएपछि हेलिकोप्टरबाट पठाइयो चिकित्सक टोली र औषधी

हुम्लामा ९ जनाको मृत्यु भएपछि  हेलिकोप्टरबाट पठाइयो चिकित्सक टोली र औषधी

बैशाख १५, सुर्खेत । 
हुम्लाको ताजाकोट गाउँपालिकामा फैलिएको रोगले ९ जनाको मृत्यु भएपछि आइतबार विहान हेलिकोप्टरबाट  चिकित्सक टोली र औषधी त्यसतर्फ पठाइएको छ।

चैत अन्तिम साता पानी परेपछि गाउँमा फैलिएको रोगले अहिलेसम्म ९ जनाको मृत्यु भइसकेको छ भने रोगको पहिचान हुन सकेको छैन। मृत्यु हुनेमा दुई जना बालकसहित ७ जना बृद्ध रहेका छन् । 

वान्ता हुने, रिंगाटा लाग्नेजस्ता लक्ष्यण देखिएका विरामीको मृत्यु भएको र गाउँमा अझै धेरै विरामी रहेकोले स्वास्थ्यकर्मीलाई हेलिकोप्टरबाट प्रभावित क्षेत्रमा पठाइएको सामाजिक विकास मन्त्री दल रावलले बताएका छन्।

गाउँमा रोग फैलिए पनि पर्याप्त औषधी र स्वास्थ्यकर्मी  नभएका कारण सुर्खेतबाट चिकित्सकको टोलीलाई प्रभावित क्षेत्रमा पठाइएको मन्त्रालयले जनाएको छ ।