दुई प्रेमीको प्रेमकथा ‘बाफ’

दुई प्रेमीको प्रेमकथा  ‘बाफ’

काठमाडौं, ३१ साउन ।
हिट गायक सुजन चापागाँई र गायिका विधा तिवारीको स्वरमा रहेको बाफ बोलको गीत सार्वजनिक भएको छ । 

कथात्मक शैलीमा निर्माण गरिएको गीतको भिडियोमा नेपाली प्रेमी र भारतीय प्रेमिकाको बालापनदेखि वयस्क हुँदासम्मका प्रेमकथामा प्रस्तुत गरिएको छ । भिडियोमा प्रेमीको भुमिकामा प्रताप दासले अभिनय गरेका छन् भने प्रेमिकाको अभिनय  शिल्पा थापाले गरेकी छन् । 

फरक शैलीका भिडियो प्रस्तुत गरेर दर्शकको मन जितेका आर्टमाण्डुले निमार्ण गरेको उक्त भिडियो नविन चौहानले निर्दैशन गरेका हुन् ।  आर्टमाण्डुले यसअघि नै तिनपाते, के माया लाग्छ र जस्ता गीत प्रस्तुत गरिसकेको छ । 

गीतको रचना तीनपाते, साईली, दुबो फुल्यो जस्ता अनेकौ गीतका रचनाकार हर्क साउदको शब्द रचना रहेको यस  गीतको संयोजन  तथा संगीत उत्पादन गंगा थापाले गरेका हुन्।  

गीतको भिडियोका प्रताप दास, शिल्पा थापा, नयन नेपाल, सम्रान्त  थापा , हर्क साउद , रिञ्छेन तामाङ्ग लगायतका कलाकारले  अभिनय गरेका छन् । 

अनिश स्याङ्ग्देनले छायांकन रहेको भिडियोमा सुरज पौडेलको सम्पादन रहेको छ।