निश्चलको लेख्छन्, 'सरकारले आफ्नो पतनको बाटो आफै रोजीसक्यो'

निश्चलको लेख्छन्, 'सरकारले आफ्नो पतनको बाटो आफै रोजीसक्यो'

काठमाडौं, ४ कार्तिक ।
सिंगो देश कोरोना भाइरससँग जुधिरहेको समयमा सांसदलाई दशै भत्ता बाडेपछि सरकारको अहिले चौतर्फी आलोचना भएपछि सांसदले भत्ताबापतको रमक फिर्ता गरेका छन्।

यहि आलोचनाकै बिच सरकारले आइतबार आफ्नो जिम्मेवारीबाट हात झिकेर केहि निर्णय गर्यो जसमा सर्वसाधरणले कारोना परिक्षण गरेको शुल्क आफै तिर्ने र कोरोनाका बिरामीहरुले आफ्नो उपचार खर्च स्वयम ब्यहोर्ने तथा होम आइसोलुसन बसेर मृत्यु हुने मानिसको शव नातेदारले व्यवस्थापन गर्नुपर्ने ।

सरकारको यहि निर्णयपछि निर्देशक तथा कलाकार निश्चल बस्नेतले समाजिक सञ्जालमा महामारीमा पनि जनताको सेवक हुन नसक्ने सरकार ले आफ्नो पतनको बाटो आफै रोजीसकेको बताए  । 

सामाजि सञ्जालमा निश्चल लेख्छन, 'आफ्नो उपचार गर्न राज्यकोष बाट जति खर्च गरेपनि हुने १ जनताको उपचार चै आफै गरू भन्न सक्ने गैरजिम्मेवार सरकारले साधारण जनतालाई मान्छे गन्दैन भनेर फेरी छर्लङग भयो।' 
 
निश्चल थप्छन, 'राम्रो रोज्ने मौका त हामीले गुमायौं अब ढिला नगरी कुहिएकालाई चै फ्यालिहाल्नु पर्ने देखियो।'