'टुल्की' लाई उत्कृष्ट फिचर फिल्म अवार्ड

'टुल्की' लाई उत्कृष्ट फिचर फिल्म अवार्ड

९ वैशाख, काठमाडौं । 
शेखर लामाको निर्माण तथा देवजंग थापा निर्देशत 'टुल्की'ले  उत्कृष्ट फिचर फिल्मतर्फ अवार्ड प्राप्त गरेको छ ।

सेलिब्रेटी नेपालको आयोजनामा गोरखा लाप्राकमा भएको तीन दिने 'नेपाल ग्रामीण चलचित्र महोत्सव' मा टुल्कीले  उत्कृष्ट फिचर फिल्मतर्फ अवार्ड हात पारेको हो । 

महोत्सवमा विभिन्न भाषामा बनेका सांस्कृतिक चलचित्र, वृत्तचित्र, सर्टमुभी, फिचर फिल्मसमेत गरी १६ वटा फिल्म प्रदर्शन गरिएको थियो । महोत्सवमा जुरी टिमले छनोट गरेका उत्कृष्ट नौ विधामा अवार्डसमेत वितरण गरिएको थियो ।

जसमा भाषाभाषी विधामा प्रितम गुरुङले निर्देशन गर्नुभएको तथा आइतराम गुरुङ निर्मित गुरुङ चलचित्र 'फुङुलाई अवार्ड प्रदान गरियो । सर्वोकृष्ट अभिनेतामा 'चिसो आत्मा'बाट प्रविन खतिवडा र अभिनेत्रीतर्फ 'मौन प्रतिशोध' बाट शारदा अधिकारीले अवार्ड प्राप्त गरे ।

यस्तै,  डकुमेन्ट्री विधामा भिमलाल श्रेष्ठ निर्देशित 'मकै विवाह'ले अवार्ड प्राप्त गर्यो भने सर्टफिल्म विधामा केदार श्रेष्ठ निर्देशित 'जुनुको जुत्ता'ले अवार्ड जितेको हो ।

साथै 'स्क्रिन प्ले' तर्फ टुल्कीबाटै शेखर लामा, उत्कृष्ट निर्देशकतर्फ 'टिष्टापारीको साईनो'बाट खिलबहादुर गुरुङले अवार्ड प्राप्त गरे । सिन सुमेश श्रेष्ठ निर्देशित सर्टफिल्म 'मौन प्रतिशोध'लाई जुरी अवार्ड प्रदान गरियो ।