कोरोना संक्रमणमा नयाँ रेकर्ड: एकै दिन थपिए ७४४८ संक्रमित, ३७ जनाको मृत्यु

कोरोना संक्रमणमा नयाँ रेकर्ड: एकै दिन थपिए ७४४८ संक्रमित, ३७ जनाको मृत्यु

काठमाडौं, २० वैशाख ।  
पछिल्लो २४ घण्टामा ७ हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १७ हजार १७६ पीसीआर परीक्षणमा ७ हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी ७ हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो । योसंख्यासँगै देशभर सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ जना पुगेको छ। 

गत २४ घण्टामा कोरोना भाइरसका कारण २७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ३३६२ पुगेको छ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २ हजार २१ सङ्क्रमित कोरोनामुक्त भएको उल्लेख गरेको छ । हालसम्म २ लाख  ८६ हजार १५ जना कोरोनामुक्त भएका छन् ।