रुपन्देहीमा एकैदिन थपिए ५७९ संक्रमित, ११ जनाको मृत्यु

रुपन्देहीमा एकैदिन थपिए ५७९ संक्रमित, ११ जनाको मृत्यु

बुटवल, २० वैशाख ।  
पछिल्लो २४ घण्टामा रुपन्देही जिल्लामा मात्र ५७९ जना कोरोना संक्रमित भएका छन् । 

पछिल्लो २४ घण्टामा १२८४ जनाको पिसीआर परिक्षणबाट ५७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएका छ । सोहि अवधीमा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । 

रुपन्देहीमा सबैभन्दा बढि बुटवल उपमहानगरपालिकामा २५१ जनामा संक्रमण पुष्टि भएको छ । रुपन्देही जिल्लाभर ४ हजार १०५ जना सक्रिय संकमित रहेका छन् । 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार रुपन्देहीमा हालसम्म १३ हजार ९६९ जनामा कोरोना संक्रमण भएको छ भने हालसम्म २१६ जनाको मृत्यु भएको छ ।