चलचित्र ‘एक्स ९’ मा सुधांशु जोशी अनुबन्धित, फेब्रुअरीबाट छायाङ्कन सुरु हुने

चलचित्र ‘एक्स ९’ मा सुधांशु जोशी अनुबन्धित,  फेब्रुअरीबाट छायाङ्कन सुरु हुने

\१५ मंसिर, काठमाडौं । 
चलचित्र ‘एक्स ९’ मा अभिनेता सुधांशु जोशी अनुबन्धित भएका छन् । 

उनले मुकुन्द भट्टले निर्देशन गर्न लागेको चलचित्र ‘एक्स ९’मा काम गर्ने भएका हुन् । जोशी लामो समयपछि नयाँ चलचित्रमार्फत अभिनयमा फर्कने भएका छन् । 

चलचित्रमा अनमोल केसी, सौगात मल्ल, पुष्प खड्का, अनुपविक्रम शाही, राज कटुवाल लगायतका कलाकारको अभिनय रहने पक्का भइसकेको छ । 

चलचित्रको छायाङ्कन फेब्रुअरी महिनाबाट सुरु हुनेछ । चलचित्रलाई नेपालसँगै युरोपका विभिन्न देश र अमेरिकामा पनि खिचिने निर्माण पक्षको भनाइ छ । 

यो चलचित्रका कार्यकारी निर्माता निर्मल कुमार मिश्र हुन् ।