अफगानिस्तान सेनाको हवाई कारबाहीमा २३ लडाकू मारिए

अफगानिस्तान सेनाको हवाई कारबाहीमा २३ लडाकू मारिए

ऐजेन्सी, २० फागुन ।
अफगानिस्तान सेनाको हवाई कारबाहीमा २३ लडाकू मारिएका छन् ।      

अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको काइसार र आल्मार जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध सेनाको लडाकू विमानद्धारा गरिएको एक कारबाहीमा परी कम्तीमा २३ तालिबान लडाकू मारिएका उत्तरी क्षेत्रका सेनाका प्रवक्ता मोहमद हानीफ रेजाईले बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

कारबाहीको क्रममा तालिबानतर्फका अन्य सात लडाकू घाइते भएका छन् । फर्याब प्रान्तमा सक्रिय रहेका तालिबान लडाकू समूहले भने घटनाका विषयमा कुनै टिप्पणी गरेका छैनन् ।