ग्यासको मूल्य घट्यो, पेट्रोल र डिजेलको बढ्यो

ग्यासको मूल्य  घट्यो, पेट्रोल र डिजेलको बढ्यो

साउन २१, काठमाडौं । 
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबारदेखी लागु हुने गरी ग्यासको मूल्य २५ रुपैयाँ घटाएको हो।

मन्त्रालयका अनुसार यसअघि ग्यास प्रतिसिलिण्डर १४ सय रुपैयाँ थियो। सरकारले २५ रुपैयाँ घटाएपछि अब ग्यास सिलिण्डर १३ सय ७५ रुपैयाँ कायम भएको छ।

यसैगरी, मन्त्रालयले पेट्रोल र डिजेलको मूल्य समायोजन गरेको छ। सो अनुसार पेट्रोलमा एक रुपैयाँ बृद्धि गरिएको छ। जसअनुसार प्रतिलिटर १०८ रुपैयाँमा पाइने पेट्रोलमा एक रुपैयाँ बढेर १०९ रुपैयाँ भएको छ।

यस्तै, डिजेलमा पनि मन्त्रालयले प्रतिलिटर पचास पैसा मूल्य बढाएको छ। साबिकको ९७ प्रतिलिटर मूल्यमा सरकारले पचास पैसा बढाएको हो।