गर्ल ग्याङ्गसँग स्विमिङ पुलमा रमाएकी प्रियंका

गर्ल ग्याङ्गसँग स्विमिङ पुलमा रमाएकी प्रियंका

काठमाडौं, ५ साउन । 
आमा बन्ने पक्का भएको सार्वजनिक गरेसँगै सामाजिक संजाल र मिडियामा  चर्चामा रहेकी नायिका प्रियंका कार्की कहिले बेबी सावरका कारण चर्चामा रहेकी छिन् कहिले पेटभित्रको बच्चालाई बाहिरबाटै जुस खाएको तस्विरले ।

आफ्नो गर्भावस्थामा रमाइरहेकी प्रियंका कार्कीले सामाजिक सञ्जालमा राख्ने फोटोका कारण पनि उनी चर्चामा छाइरहन्छिन् । उनै, प्रियंकाले सन्तानलाई जन्म दिने दिन नजिकिदै जाँदा स्विमिङ पूलमा रमाएका तस्वीरहरु सार्वजनिक गर्दै चर्चामा आएकी हुन् । 

आफ्नो गर्ल ग्याङ्गसँग स्विमिङ पुलमा मस्ती गरिरहेको उनका केहि तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।  

प्रियंकाले सार्वजनिक गरेका तस्बिरमा स्विमिङ पूलमा प्रियंकासँगै उनका गर्ल ग्याङ्गका साथीहरु पनि रमाएको देख्न सकिन्छ ।

प्रियंकाको यो तस्वीरमा उनका फ्यान र आलोचकले विभिन्न तरिकाले प्रतिक्रिया जनाएका छन् । उनका तस्बिरमा धेरै आलोचनात्मक प्रतिक्रिया धेरै आएका छन् भने केहीले  गर्भवती भएको समयमा जीवनको आनन्द लिएको भन्दै प्रियंकाको प्रशंसा पनि गरेका छन् ।

प्रियंका र आयुष्मानले आफ्नो बच्चा जन्मने निश्चित समय तोकेका छैनन् । तर प्रियंकाले सेप्टेम्बरमा नयाँ मान्छेलाई स्वागत गर्ने बताएकी छिन् ।