ट्रेलरमा हेर्नुहोस् सुदुरको कथा र भाषा समेटिएको 'चिसो मान्छे'

ट्रेलरमा हेर्नुहोस् सुदुरको कथा र भाषा समेटिएको  'चिसो मान्छे'

१२ जेठ, काठमाडौं । 
पशुपति प्रसाद, आमा जस्ता उत्कृष्ट चलचित्रको निर्देशन गरेका दीपेन्द्र के. खनालको निर्देशनमा बनेको चलचित्र 'चिसो मान्छे' को ट्रेलर सार्वजनिक गरिएको छ । 

कर्णाली तथा सुदुरपश्चिमको कथा र भाषा समेटिएको चलचित्रको ट्रेलरमा अर्पण थापा र देशभक्त खनाल लगायत स्वस्तिमालाई सुदुरको परिरहनमा देखाइएको छ ।

चलचित्रमा निर्देशक खनालकै लेखन र छायांकन रहेको छ । दीर्घ खड्काले सम्पादन गरेको उक्त चलचित्रमा आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झकेन बीसी, सञ्जोग रसाइली लगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ ।

डीएस डिजिटल प्रालिको ब्यानरमा बनेको चलचित्र शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । 

भलचित्र असार ३ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।