'दोख' असार २४ गतेदेखि प्रदर्शनमा आउने

'दोख' असार २४ गतेदेखि प्रदर्शनमा आउने

१२ जेठ, काठमाडौं । 
अनुप बरालको निर्देशनमा बनेको  चलचित्र  'दोख' को प्रदर्शन मिति घोषणा गरिएको छ । 

निर्माण टोलीले बुधबार चलचित्रको पोस्टर सार्वजनिक गर्दै असार २४ गतेबाट प्रदर्शनमा आउने जानकारी दिएका हुन्। 

चलचित्रमा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सजन थापामगर लगायतका कलाकारको अभिनय छ । 

चलचित्रको कथा राजन कटैतले लेखेका हुन् । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको चलचित्रमा भीम न्यौपाने, ओम गुरुङ, रन्जु वाग्ले कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

शैलेन्द्र डी कार्कीको छायांकन गर्नुभएको उक्त चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन्।