पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो
तस्विर सौजन्य : Ktimesofoman

असार १, काठमाडौं । 
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट आएको नयाँ मूल्य सूचीअनुसार समायोजन गरि पेट्रोल, डिजेल र मट्टितेल तीनैथरीमा प्रतिलिटर २/२ रुपैयाँका दरले मूल्य घटाइएको हो। हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत छ।

आइतबार राति १२ बजेदेखि लागू हुने गरि घटाइएको नयाँ मूल्य सूचीअअनुसार अब उपभोक्ताले पेट्रोल प्रतिलिटर १०८ रुपैयाँ, डिजल ९६ रुपैयाँ ५० पैसा र मट्टिलेलमा प्रतिलिटर ९६ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ।