सर्वोच्चले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिने निर्णय गरेपछि प्रचण्ड–माधव समूह आकस्मिक छलफलमा

सर्वोच्चले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिने निर्णय गरेपछि प्रचण्ड–माधव समूह आकस्मिक छलफलमा

काठमाडौं, २३ फागुन ।
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिने फैसला गरेलगत्तै प्रचण्ड–माधव समूह आकस्मिक छलफलमा जुटेका छन् ।

न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलले दायर गरेको रिटमा सुनुवाई गर्दै नेकपाको आधिकारिकता ऋषिराम कट्टेललाई दिएको हो ।

अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायत शीर्ष नेताहरु सिंहदरबारमा छलफलमा जुटेका हुन् । 

अदालतले एमाले र माओवादी एकीकरण अगाडिकै अवस्थामा फर्काइदिएको छ । यसबारे निर्णय लिन यो समूहका नेताहरु आकस्मिक छलफलमा जुटेका हुन् ।

केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले आफ्नो दलको नामसँग जुधाएको भनी नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले रिट निवेदन दायर गरेकोमा सुनुवाइ फागुन १३ गते सम्पन्न भएको थियो । अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा २०६९ मा नेकपाका नाममा आफूले दल दर्ता गरेको तर तत्कालीन नेकपा९एमाले० र नेकपा(माओवादी)बीच २०७५ साल जेठ ३ गते  एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नाममा निर्वाचन आयोगमा दल दर्ता भएको विरुद्ध निवेदन दायर गरेका थिए।