राष्ट्रिय झण्डा जलाएको भिडियो खिच्‍ने क्यामेरापर्सन पक्राउ

राष्ट्रिय झण्डा जलाएको भिडियो खिच्‍ने क्यामेरापर्सन पक्राउ

काठमाडौं, २ भाद्र ।
नेपालको झन्डा जलाएको देखाइएको गीतको म्युजिक भिडियो खिच्ने क्यामेरापर्सन लाई नखिपोटबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सोमबार एक युट्युव च्यानल मार्फत 'देशद्रोही' नामको म्युजिक भिडियोमा नेपालको झन्डा जलाइएको छ । सो गीत मकवानपुरको एक स्कुलमा सुटिङ गरिएको प्रहरीले बताएको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले उनलाई मंगलबार दिउसो नखिपोटबाट नियन्त्रणमा लिएको हो ।

उक्त म्युजिक भिडियोका गायक गेल्जङ दोर्जे तामाङ लगायत अन्यको खोजी भइरहेको प्रहरीले अधिकारीले जानकारी दिए।

मुलुकी अपराध संहिता २०७४ अनुसार राष्ट्रिय झन्डा जलाउने, राष्ट्रिय गान दुरुपयोग गर्ने, सामाजिक जातीय, धार्मिक द्वेष फैलाउनेजस्ता काम गर्न निषेध छ । यस्ता कसुर गरे ३ वर्ष कैद वा ३० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।