कोरोना संक्रमित नवलपरासी पश्‍चिमका कांग्रेस उपसभापति गिरीको निधन

कोरोना संक्रमित नवलपरासी पश्‍चिमका कांग्रेस उपसभापति गिरीको निधन

नवलपुर, २ भाद्र । 
नेपाली कांग्रेस पश्चिम नवलपरासीका उपसभापति सुवासचन्द्र गिरीको मंगलबार बिहान निधन भएको छ ।

रुपन्देहीको भैरहवामा रहेको मेडिकल कलेजमा पित्तथैलीमा रहेको पत्थरीको उपचारका क्रममा कोरोना संक्रमित भएका गिरीको उपचारका क्रममा मंगलबार बिहान ललितपुरस्थित पाटन अस्पतालमा मृत्यु भएको हो ।

मेडिकल कलेज भैरहवामा पित्त थैलीको अपरेशन गराएर अस्पतालमै बसेका गिरीलाई कोरोनाको लक्षण देखिएको र श्वासप्रश्वासमा समस्या देखिएपछि साउन २८ गते भैरहवाको भीम अस्पताल लगिएको थियो । 

साउन ३० गते पाटन अस्पताल पुर्‍याइएका उनको अवस्था गम्भीर भएपछि सोमबार साँझ भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

विजय गच्छदारको नेतृत्वमा रहेको फोरम लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष रहेका गिरी फोरम लोकतान्त्रिक नेपाली कांग्रेसमा समाहित भएपछि कांग्रेसको जिल्ला उपसभापतिमा  मनोनित भएका थिए ।