विदेशमा अलपत्रलाई ल्याउन बजेट विनियोजन, ७५ हजारलाई सीप दिइने(बजेट भाषण २०७६/७७)

विदेशमा अलपत्रलाई ल्याउन बजेट विनियोजन, ७५ हजारलाई सीप दिइने(बजेट भाषण २०७६/७७)

१५ जेठ, काठमाडौं । 
सरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेकालाई स्वदेश ल्याउन बजेट विनियोजन गरेको छ । त्यसरी ल्याइएकाहरूलाई सीप प्रदान गर्ने घोषणा पनि सरकारले गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।

कोरोना महामारीका कारण रोजगारी गुमाएर विदेशका धेरै अलपत्र छन् । आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट संघीय संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड रकम विनियोजन गरिएको जानकारी दिए । यो कार्यक्रमबाट २ लाखलाई रोजगारी दिने लक्ष्य सरकारको छ ।

आगामी वर्ष साना किसान कर्जाबाट ४० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य पनि सरकारले लिएको छ । त्यस्तै ७५ हजार सीपमूलक तालिम दिनका लागि ४ अर्ब ३४ करोड बजेट पनि विनियोजन भएको छ ।

सीपमूलक तालिममार्फत ५० हजार जनालाई रोजगारी दिन १ अर्ब छुट्याइएको खतिवडाले बताए । कोरोनाका कारण रोजगारी गुमेकालाई विकास निर्माणमा परिचालन गर्ने नीति पनि सरकारले लिएको छ । २ प्रतिशत ब्याजमा नवप्रवर्तन व्यवसायका लागि सुरुवाती पुँजी दिने घोषणा पनि सरकारले गरेको छ ।

#Nepal_Budget_2076/77