श्रम स्वीकृति नलिई विदेशी नागरिकलाई काममा लगाउन नपाइने (बजेट भाषण २०७६/७७)

श्रम स्वीकृति नलिई विदेशी नागरिकलाई काममा लगाउन नपाइने (बजेट भाषण २०७६/७७)

१५ जेठ, काठमाडौं ।

अब श्रम स्वीकृति नलिई विदेशी नागरिकलाई काममा लगाउन नपाइने भएको छ।

आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।

साथै, उनले श्रम निरीक्षण गरिने बताए। वैदेशिक रोजगारीबाट फर्केकालाई रूची र सीपअनुसार देशमा काममा जोडिने उनले बताए।

संघ र प्रदेश स्तरबाट बेरोजगारलाई सीप विकास र तालिम प्रदान गर्न आवश्यक बजेट छुट्याएको उनले बताए।