कोरोना संक्रमणमा नयाँ रेकर्ड: नौ हजार १९६ जना संक्रमित, ५० जनाको मृत्यु

कोरोना संक्रमणमा नयाँ रेकर्ड: नौ हजार १९६ जना संक्रमित, ५० जनाको मृत्यु

काठमाडौं, २४ वैशाख । 
नेपालमा कोरोना संक्रमणमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको २० हजार ४८२ जनाको पीसीआर र एन्टीजेन परीक्षण गरि नौ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  

पछिल्लो २४ घण्टामा दुई हजार ९०५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ९५ हजार ३ सय ९५ जना छन् । नेपालमा निको हुने दर ७८ दशमलव २ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार ५९९ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा तीन हजार ८९, भक्तपुरमा तीन सय ७४ र ललितपुरमा छ सय ४३ गरी उपत्यकामा चार हजार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।