तत्काल थप ५० लाख मात्रा कोभिशिल्ड खोप खरिद गर्ने अवस्था छैन: स्वास्थ्य मन्त्रालय

तत्काल थप ५० लाख मात्रा कोभिशिल्ड खोप खरिद गर्ने अवस्था छैन:  स्वास्थ्य मन्त्रालय

काठमाडौं, २४ वैशाख । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल थप कोभिशिल्ड  खोप ल्याउने अवस्था नरहेको बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा।जगेश्वर गौतमले आज विज्ञप्ति जारी गर्दै सेरम इन्स्ट्युटिच्युट इन्डियामा आगलागी र क्षमता विस्तारमा अवरोध भइरहेकोले तत्काल थप खोप दिन नसक्ने बताएको जानकारी गराएका हुन् ।

मन्त्रलायले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बाँकी रहेको खोप कम्पनीमा आगलागी र क्षमता विस्तारमा अवरोध भएकोले क्षमता विस्तार गरेपछि आपुर्ति गर्ने जानकारी दिएको छ । थप ५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने अवस्था हाललाई रहेको छैन् ।’

कोभिसिल्ड खोप खरिद सम्बन्धमा स्वास्थ्य सेवा विभागले नै निर्णय गर्ने भएकाले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई संलग्न गरी आएका समाचारमा सत्यता नरहेको पनि मन्त्रालयले दाबी गरेको छ ।