सर्लाहीबाट आएको बस त्रिशुलीमा खस्दा तीन जनाको मृत्यु

सर्लाहीबाट आएको बस त्रिशुलीमा खस्दा तीन जनाको मृत्यु
तस्विर सौजन्य : द हिमालयन टाइम्स

साउन २४, काठमाडौं । 
बिहिवार बेलुका सर्लाहीबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ । 

धादिङको वेनिघाट रोराङ गाउँपालिका-३ सोलाङघाटबाट बस त्रिशुली नदीमा खस्दा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।  दुर्घटनामा परी अन्य १६ जना घाइते भएका छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

ना ६ ख ७४६९ नम्बरको उक्त बस शुक्रबार बिहान ३ बजेतिर नदीमा खसेको हो ।