‘कठपुतली’ को ट्रेलर सार्वजनिक

‘कठपुतली’  को ट्रेलर सार्वजनिक

२२ मंसिर, काठमाडौं । 
नेपाली हरर चलचित्र ‘कठपुतली’ को ट्रेलर सार्वजनिक भएको छ ।

बुधवार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलरमा राजाहरुको शासन समयमा दरबारभित्र हुने घट्नाक्रमलाई देखाइएको छ ।

युवराजको राजगद्दीको प्रेममा देखिने समस्या र सङ्घर्षको कथामा निर्माण भएको यस चलचित्रको केही दिनमा दोस्रो ट्रेलर पनि सार्वजनिक गर्ने तयारीमा निर्माण टीम रहेको छ ।
 
भीमसेन लामाले निर्देशन गरेको चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा मास्के, उषा रजक, सुवर्ण थापालगायतको अभिनय छ । 

यो चलचित्रको कथा सम्पदा मल्लले लेखेकी हुन् ।