गृहजिल्ला पुगेर योगेशले भने, 'एकता हुने सम्भावना जीवित छ'

गृहजिल्ला पुगेर योगेशले भने, 'एकता हुने सम्भावना जीवित छ'

ताप्लेजुङ, २१ फागुन ।

। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले विभाजित नेकपामा एकता प्रयास भइरहेको बताएका छन् ।

प्रेस सङ्गठन ताप्लेजुङले आयोजना आज गरेको पत्रकार भेटघाट कार्यक्रमा पूर्व पर्यटनमन्त्रीसमेत रहेका नेता भट्टराईले नेकपा एकताका लागि उच्च पदका नेताले त्याग गर्न सक्नुपर्ने बताए। “एकता हुने सम्भावना जीवित छ, सबै सङ्गठन एकताको पक्षमा छन्, सबैसँग कुरा भइरहेको छ,” उनले भने ।

नेकपा एकताका लागि प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने पहिलो आधार रहेको उनले बताए। प्रचण्ड नेपालले पनि प्रधानमन्त्री बन्नेतिर नलागेर दोस्रो पुस्तालाई नेतृत्व दिए पार्टी एकता हुनसक्ने जनाए।

नेता भट्टराईले नेपाल पत्रकार महासङ्घको भवन निर्माण गर्न व्यक्तिगत तर्फबाट १ लाख दिने र आउँदा बजेटबाट १० लाख विनियोजन गर्ने प्रतिबद्धता जनाए ।