लकडाउन खुकुलो बनाउने परिस्थिति नभएको उच्चस्तरीय समितिको निष्कर्ष

लकडाउन खुकुलो बनाउने परिस्थिति नभएको उच्चस्तरीय समितिको निष्कर्ष
लकडाउन खुकुलो बनाउने परिस्थिति नभएको उच्चस्तरीय समितिको निष्कर्ष

१३ वैशाख, काठमाडौं । 
कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले तत्कालै लकडाउन खुकुलो बनाउने परिस्थिति नरहेको निष्कर्ष निकालेको छ । 

आज (शनिबार) बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले देशका विभिन्न भागमा कोरोना संक्रमण देखिएको, सबै क्षेत्रमा परीक्षण भइनसकेकाले देश कोरोना संक्रमणको खतराबाट मुक्त नभएको समितिले निष्कर्ष निकालेको हो ।

शुक्रबारको मन्त्रिपरिषद्‍मा प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय समितिलाई लकडाउनको मोडालिटीबारे छलफल गरेर सिफारिस गर्न निर्देशन दिएका थिए। 

समितिले त्यसअनुसार मोडालिटी तयार पार्ने जिम्मा मुख्यसचिवको नेतृत्वमा रहेको सचिवहरु सम्मिलित कार्यदललाई दिएको छ। समितिमा भएका छलफलका आधारमा यो कार्यदलले मोडालिटी तयार पार्नेछ भने  यसको अन्तिम टुंगो मन्त्रिपरिषद्‍ले लगाउनेछ।

वैशाख १५ गते लकडाउनको अवधि सकिदैछ। यसबारे निर्णय गर्न आइतबार मन्त्रिपरिषद् बैठक बस्दैछ।