रचना र अनिशले ल्याए ‘जाउँ न कान्छी जाउँ’

रचना र अनिशले ल्याए ‘जाउँ न कान्छी जाउँ’

काठमाडौं, १६ साउन ।
गायिका रचना रिमाल र गायक अनिस अधिकारीको स्वरमा रहेको  ‘जाउँ न कान्छी जाउँ’ बोलको गीत सार्वजनिक भएको छ । 

दुई प्रेमीको प्रेम सम्बन्धका बारेमा देखाइएको गीतमा मोडल सुधीर श्रेष्ठ र गीता ढुंगानाले भिडियोमा फिचर्ड गरेका छन् ।  सुधीर र गीता दुवै जना टिकटकबाट चर्चामा आएका कलाकार हुन् । 

गीतमा गायक अनिश अधिकारीकै शब्द तथा संगीत रहेको छ ।

अरुण थापा मगरले निर्माण गरेको भिडियोमा सुबोल थापाको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा बुद्ध थापाको छायांकन छ । 

अविगम्यान फिल्मस् एन्ड इन्टरटेन्मेन्ट यूट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो ।